Activites

  • Home -
  • Recent Activities -
  • लोकसेवा तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम(२०८२/०३/२९)
लोकसेवा तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम(२०८२/०३/२९)
  • 02 Aug
  • 2025

लोकसेवा तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम(२०८२/०३/२९)

बुटवल २९ असार
शिक्षा क्षेत्रको समेत सबलीकरण गर्दै शिक्षित जनशक्ति राष्ट्रसेवामा अघि बढ्नुपर्ने नेपाल सरकार लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले बताएका छन् ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका विद्यार्थीका लागि आयोजित “लोकसेवा आयोग अभिमुखीकरण” कार्यक्रम उद्घाटन गर्दै उनले क्याम्पस भवनको भौतिक निर्माण सम्पन्न गर्न प्रदेश सरकारको थप सहयोग आवश्यक देखिएको बताए ।
कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले आजका विद्यार्थी उच्च क्षमतायुक्त बन्दै भोलिको राष्ट्रसेवामा जानका लागि क्याम्पसले वर्षौैँदेखि यस्ता कार्यक्रम गर्दै आएको बताए ।
क्याम्पसको विद्यार्थी परामर्श तथा रोजगार एकाईको आयोजनामा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीको उच्चतम विकाश हुँदा नै समाजले कर्मठ जनशक्ति प्राप्त गर्ने बताए ।
अभिमुखीकरण कार्यक्रममा स्नातक तहका एकसय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

WhatsApp